अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-११-१२
- A
- A-
- A+
कैलाली:- मिति २०८१।११।११ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.१० जुगेडा गणपती भट्टा नजिक र गोदावरी न.पा. ४ गोदावरी हनुमान मन्दिर नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.९८,०००।– बराबरको प्याज, चिनी, मिश्री, ब्याट्री, जेसिबि वासर लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।११।११ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.६ ऐठपुर, ऐ.१० भन्सार कार्यालय नजिक, बेलौरी न.पा.५ मैनाह र ऐ.८ कलकत्ताबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१२,११,०९०।– बराबरको पेय पदार्थ, तरकारी, खाने तेल, सुर्ती, चक्लेट, बिभिन्न किसिमका कपडा, काँसाका भाडाँ, बिजुलीका स्विच, बोईलर कुखुरा, कस्मेटिक, हार्डवेयर, किराना, मोटरसाईकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।