अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-११-१२
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८१।११।११ गते १९:४५ बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा. ४ बेलौरी बजार स्थित म १ प ६०३० नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाईकल चालक ऐ.७ गणेशपुर बस्ने बर्ष २४ को खुशि राम राना र मोटरसाइकल पछाडी सवार बर्ष २२ को देव राज रानालाई १.४३ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुर र लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८१।११।११ गते २१:३० बजेको समयमा जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.५ गजरौलाबाट ऐ. ४ बस्ने बर्ष २३ को दिपेन्द्र बोगटी र बर्ष २५ को डेनी जोशीलाई ९० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय गुलरीया, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।