आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८१-११-१२
- A
- A-
- A+
अछाम:- मिति २०८१।११।११ गते १५:०० बजेको समयमा जिल्ला अछाम, रामारोशन गा.पा.१ ताली बस्ने फकिरे साउदको ढुंगा माटोले बनेको खरले छाएको १ तले २ कोठे कच्ची घरमा चुल्होमा बालेको आगोबाट आगलागी हुँदा घर भित्र रहेका खाद्यान्न, लत्ता कपडा, भाँडावर्तन, काठ लगायतका सामानहरु गरी अन्दाजी मुल्य रु.१,५०,०००।- ( एक लाख पचास हजार) बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय तथा चौपाया क्षती नभएको, आगलागी नियन्त्रणमा आईसकेको ।