अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-११-१४
- A
- A-
- A+
कैलाली:- मिति २०८१।११।१३ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उप-महानगरपालिका २ चौराह, टीकापुर न.पा. ९ वालुवाटार, शक्ति खक्रौला, कैलारी गा.पा. ४ के गाँउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,७१,१८९।– बराबरको प्याज, सुर्ति, बिडी, गुड्खा, कराई, फ्राईविन, कचौरा, प्लास्टिकको टोकरी, चिया छाने छन्नी, सिसाकलम, खेलौना, चकलेट लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।११।१३ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. ९ ब्रह्मदेव, भिमदत्त न.पा. ११ भुजेला, दोधारा चाँदनी नगरपालिका ०७ कञ्चभोज टाउके टोलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३,६६,२४०।– बराबरको खेलौला, चस्मा, बेल्ड, टोपि, डिउ, कपडा, हाडबेयरको सामान, किराना सामान, Cupboard lock, वाल स्क्रु, चुक्कुल, फर्निचर लक, ढोका कुण्डी, स्लाईड, आरा ब्लेड, Hinge बिहारी लक, घर्राको हत्ता लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।