अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-११-१४
- A
- A-
- A+
कैलाली:- मिति २०८१।११।१३ गते १९:४० बजेको समयमा जिल्ला कैलाली धनगढी उ.म.न.पा. २ राम जानकी मन्दिर नजिकबाट २६० मिलिग्राम अवैध लागूऔषध जस्तो देखिने खैरो धुलो पदार्थ सहित सोही ठाँउ बस्ने बर्ष ४३ को हर्क खड्कालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
कञ्चनपुर:- मिति २०८१।११।१३ गते १९:३० बजेको समयमा जिल्ला कञ्नचपुर पुनर्वास न.पा. ५ उद्रिचोकबाट ३ ग्राम ५३० मिलिग्राम अवैध लागूऔषध जस्तो देखिने खैरो धुलो पदार्थ सहित पुनर्वास न.पा. ७ बस्ने बर्ष २३ को सागर राना र बर्ष २८ को राम लक्ष्मण रानालाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर कञ्चनपुरबाट संयुक्त खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।