अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-११-१६
- A
- A-
- A+
कैलाली:- मिति २०८१।११।१५ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. ७ मनेहरा, धनगढी उ.म.न.पा.३ शिशा पोष्ट, कैलारी गा.पा.३ खोनपुर, कैलारी गा.पा. ३ शिवरत्नपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,६५,९००।– बराबरको बिडी, सुर्ती, गुड्खा, मेसिन, आईरन, चप्पल, स्याम्पु, बच्चाको खेलौना, बच्चाको टोपी, लेहेंगा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।११।१५ गते कञ्चनपुर जिल्लाको भिमदत्त न.पा.१६ बडवाल टोल स्थित अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३४,०००।– बराबरको बच्चाको खेलौना तथा किराना सामानहरु प्रहरी बिट मझगाउ कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।