लागु औषध सहित मानिस पक्राउ
२०८१-११-१६
- A
- A-
- A+
कैलाली:- मिति २०८१।११।१५ गते अं.१५:४५ बजेको समयमा जिल्ला कैलाली गोदावरी न.पा. १ धनगढी रोडमा हिडीरहेको अवस्थामा एकजना किशोर सहित जिल्ला बैतडी पुर्चौडी न.पा. १० घर भई हाल जिल्ला कैलाली गोदावरी न.पा. १ डेरा गरि बस्ने बर्ष २८ को विशाल महराको साथबाट ७१० मिलिग्राम अबैध लागु औषध जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारी दुबैजनालाई इलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको , थप अनुसन्धान भई रहेको ।