फरार प्रतिबादी पक्राउ
२०८१-११-१६
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीबाट चेक अनादर मुद्धामा रु.१,०००/- जरिवाना तोकी फरार रहेको प्रतिवादी जिल्ला कैलाली धनगढी उ.म.न.पा. ८ बस्ने बर्ष ५१ को बिक्रम चौधरीलाई वडा प्रहरी कार्यालय धनगढी कैलालीबाट खटिएको प्रहरी टोलीले निजकै घरबाट पक्राउ गरी सम्मानित अदालतमा उपस्थित गराएको ।