प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस पक्राउ

२०८१-११-१७

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८१।११।१६ गते अं.१६:३० बजेको समयमा जिल्ला कैलाली बर्दगोरीया गाउपालिका १ बौनिया बजारबाट ८ ग्राम २७० मिलिग्राम अबैध लागु औषध जस्तो देखिने खैरो धुलो पदार्थ सहित जिल्ला कैलाली बर्दगोरीया गाउपालिका १ बौनिया बर्ष अं.२० को राजन वमलाई जिल्ला प्रहरी कार्यालय कैलाली मातहत इलाका प्रहरी कार्यालय सुख्खडबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ,सो सम्बन्धी थप अनुसन्धान भई रहेको ।  


सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।