अखेटोपहार सहित मानिस पक्राउ
२०८१-११-१७
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८१।११।१६ गते अ. १७:०० बजेको समयमा जिल्ला कञ्चनपुर बेलौरी न.पा. ७ सिमपुर स्थित प्रमोद डगौराको घरमा अवैध बन्यजन्तु अखेटोपहार रहेको छ भन्ने गोप्य सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलली, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुर र इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरको संयुक्त टोलीले निज प्रमोद डगौराको घरमा खानतलासी गर्दा चितुवाको जस्तो देखिने सानो, ठुलो छाला थान-४, जरायोको जस्तो देखिने सानो, ठूलो सिंङ थान-४, बदेलको जस्तो देखिने बङ्गारा थान-२, बन्यजन्तुको जस्तो देखिने सानो खुट्टा थान-३, बन्यजन्तुको जस्तो देखिने सानो बङ्गाराको टुक्राहरु थान-३, फलामको चेन बाधेर बनाईएको फलामको पासो थान-३, प्लास्टिकको डोरीले पासो थाप्न बनाईएको जाली थान-७ सहित निज प्रमोद डगौराको श्रीमती बर्ष ४० की शान्ती चौधरीलाई पक्राउ गरी अनुसन्धान भईरहेको र प्रमोद डगौराको खोज तलास भईरहेको ।