अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-११-१८
- A
- A-
- A+
कैलाली:- मिति २०८१।११।१७ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. ७ बेली, धनगढी उ.म.न.पा. ९ त्रवेणीघाट, गोदावरी न.पा. ०२ अत्तरीया बसपार्क, भजनी न.पा. ९ पहलवान, जोशीपुर गा.पा. १ पिपरकोटीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३,४३,१२०।– बराबरको चिनी, मिस्री, पेठा मिठाइ, बिडी, सुर्ती, गुड्खा, पानको पात, मुग्फली (बदाम), सिद्रा माछा, दोपट्टा कपडा, ब्लाउज, श्रृंगारका सामानहरु, बच्चाका खेलौनाहरू, गुडियाहरू, धातुका लकेट लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।११।१७ गते कञ्चनपुर जिल्लाको भिमदत्त न.पा.११ भुजेला भाईरल रोडबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४,६८,०००।– बराबरको मोबाईलका डिस्प्ले, हाउजिङ्उ, ब्याक पाईनल, मोबाईलका अन्य पार्ट्स लगायतका सामानहरु इलाका प्रहरी कार्यालय गड्डाचौकी कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।