प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस पक्राउ

२०८१-११-१८

  • A
  • A-
  • A+
Share

      कैलाली:- मिति २०८१।११।१७ गते अं.१४:४५ बजेको समयमा जि.कैलाली धनगढी उप-महानगरपालिका १ पुष्पलाल चोक नजिकबाट ६० मिलिग्राम अबैध लागु औषध जस्तो देखिने खैरो धुलो पदार्थ सहित सोही ठाँउ बस्ने बर्ष ३० को लोकेन्द्र कठायत र प्रहरी माथि हातपात तथा अभद्र व्यवहार गर्ने सोही ठाँउ बस्ने  बर्ष अं.२०।२१ को मनिष कुन्जेडा (ला.औ.सेवनकर्ता )लाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको, सो सम्बन्धी थप अनुसन्धान भई रहेको ।  

      कञ्चनपुर:- मिति २०८१।११।१८ गते अं.०१:०० बजेको समयमा जिल्ला कञ्चनपुर भिमदत्त न.पा. ३ भाँसी स्थित ब्रहमदेव जाने सडक खण्डमा जिल्ला कञ्चनपुर भिमदत्त न.पा. ३ बस्ने वर्ष २७ को अजय चौधरीले चलाएको सु प प्र ०२ ००४ प १३१६ नं. को मोटरसाईकललाई रोकी चेकजाँच गर्दा मोटरसाईकलमा सवार जिल्ला कञ्चनपुर भिमदत्त न.पा.३ बस्ने बर्ष २५ को राकेश चौधरीको साथबाट ०.५ ग्राम अबैध लागु औषध जस्तो देखिने खैरो धुलो पदार्थ फेलापारी मोटरसाईकलमा सवार अर्का एक जना १८ बर्षिय भारतिय युवक सहित तिनै जनालाई वडा प्रहरी कार्यालय महेन्द्रनगर कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको, सो सम्बन्धी थप अनुसन्धान भई रहेको ।  

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।