अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-११-१९
- A
- A-
- A+
कैलाली:- मिति २०८१।११।१८ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चौराह र कैलारी गा.पा. ९ गदरीयाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.७४,५००।– बराबरको प्याज, बिडी, साडी, कुर्ती, पाउडर, सिद्रा माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।११।१८ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु बेलौरी न.पा.१ हनुमानथान र ऐ. १० खेरेनी टोलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२४,७८०।– बराबरको पेय पदार्थ, खानेतेल, बिस्कुट, बिडी, सुर्ती लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।