अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-११-१९
- A
- A-
- A+
कैलाली:- मिति २०८१।११।१८ गते १८:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१२ घले चोकबाट सोही ठाउँ बस्ने बर्ष २८ को किशोर जोशी, ऐ.१० बस्ने बर्ष ३५ को जगदिश राना र ऐ.९ बस्ने बर्ष २८ को भिम नाथ योगीलाई २६० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ र १ थान खुकुरी सहित तिनै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।