अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-११-२०
- A
- A-
- A+
कैलाली:- मिति २०८१।११।१९ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चौराह, ऐ.४ मल्ल पेट्रोलपम्प नजिक, ऐ.१९ लल्लीपुर घाट, भजनी न.पा.३ मोहनपुर र ऐ.६ ढुसीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४,३९,१७०।– बराबरको प्याज, चिनी, मिश्री, पेय पदार्थ, मिठाई, मटर, बिडी, सुर्ती, पानीपुरी, प्लाष्टिक झिल्ली, सिद्रा माछा, मोटरसाईकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।११।१९ गते १९:५५ बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.६ भुराकोटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.९६,०००।– बराबरको सुर्ति, भुजा, मोटरसाईकल थान-१ लगायतका सामानहरु इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।