प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-११-२०

  • A
  • A-
  • A+
Share

      कैलाली:- मिति २०८१।११।१९ गते १५:०० बजेको समयमा जिल्ला कैलाली, टिकापुर न.पा.९ खक्रौला स्थित सडक खण्डबाट भे १३ प ८२७ नम्बरको मोटरसाइकललाई भारत बाट नेपाल तर्फ आइरहेको अवस्थामा चेकजाँच गर्दा चालक जिल्ला बर्दिया, राजापुर न.पा.१ बस्ने बर्ष २७ को सुमन चौधरीको साथबाट ८०० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजलाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलाली र प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।     

      कञ्चनपुर:- मिति २०८१।११।१९ गते १९:०० बजेको समयमा जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.१० बिकाशबस्ती स्थित नेपाल भारत सिमानाकाबाट म २ प ८३० नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा  १३ ग्राम ८९० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी मोटरसाइकल चालक ऐ. कृष्णपुर न.पा. ७ बस्ने बर्ष २२ को सुरज राना र मोटरसाइकल पछाडी सवार ऐ. ८ बस्ने बर्ष २२ को महेश राना समेत दुवै जनालाई उक्त पदार्थ र मोटरसाईकल सहित इलाका प्रहरी कार्यालय त्रिभुववनबस्ती, प्रहरी चौकी परासन, कञ्चनपुर र सशस्त्र प्रहरी बल बि.ओ.पी. दोदा पोष्टबाट संयुक्त रुपमा खटिएको गस्ति टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।     

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।