हतियार र काठ सहित दुई जना मानिस पक्राउ
२०८१-११-२०
- A
- A-
- A+
कैलाली:- मिति २०८१।११।२० गते ०४:०० बजेको समयमा गोप्य सुचनाको आधारमा जिल्ला कैलाली, कैलारी गा.पा. ८ कृतिपुर बस्ने बर्ष ५० को महाविर चौधरी र बर्ष ४० को तेज राम चौधरीलाई ऐ. गौरीगंगा न.पा. १० उदासीपुर स्थित सरस्वती सामुदायिक बन क्षेत्र भित्रबाट भरुवा बन्दुक थान १ , छर्रा १० वटा, केप ५ वटा, सानो प्लाष्टिकको डिब्बामा बारुद र २ वटा राँगा सहित काठको डल्लबमा लोड गरेको अवस्थामा साल जातको २ वटा गोलिया (१९.०६ क्यू फिट) काठ सहित इलाका प्रहरी कार्यालय मसुरिया, कैलाली र सव-डिभिजन बन कार्यालय उदासीपुर, कैलालीबाट संयुक्त रुपमा खटिएको गस्ति टोलीले फेला पारि आवश्यक प्रक्रिया पुरा गरी काठ गोलिया थान-२ सव-डिभिजन बन कार्यालय उदासीपुर कैलालीको जिम्मामा लगाएको र हतियार सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय मसुरिया, कैलालीमा राखि, थप अनुसन्धान भईरहेको ।