अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-११-२१
- A
- A-
- A+
कैलाली:- मिति २०८१।११।२० गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ बैयावेहडी, ऐ.३ भन्सार व्यारेल नजिक, ऐ. १२ जुगेडा, भजनी न.पा.७ करुवाघाट र कैलारी गा.पा.३ शिवरत्नपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,६९,२००।– बराबरको प्याज, चिनी, बिडी, सुर्ती, सरप, सुटपिस, कुर्ती, साडी, पंखा, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।११।२० गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. ४ बसपार्क, ऐ. १० भन्सार कार्यालय नजिक, ऐ. ११ भुजेला, ऐ. १७ मझगाँउ चोक, बेलौरी न.पा.१ बैशाखी र दोधारा चाँदनी न.पा.९ कालिका हाटबजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१०,८५,२४०।– बराबरको चिनी, बिडी, खानेतेल, चक्लेट, सुर्ती, पेय पदार्थ, खेलौना, जुत्ता, बिभिन्न किसिमका कपडा, कस्मेटिक, हार्डवेयर, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।