प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवा तास खेलिरहेको अबस्थामा ५ जना मानिस पक्राउ

२०७९-११-२०

  • A
  • A-
  • A+
Share

कैलाली: मिति २०७९।११।१९ गतेको दिउसो ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिई गएको प्रहरी टोलीले जानकी गापा ३ भगतपुर स्थित बिरेन्द्र खनालको दुई तले पक्की घरको छतमा जुवा तास खेलिरहेको भन्ने बिशेष सुचनाको आधारमा निम्न स्थान बस्ने निम्न ब्यक्तिहरुलाई तास खेलिरहेको अवस्थामा फेला पारी निजहरुले खेलिरहेको तासको गड्डी र नगद रु.नेपाली २४,३३५।–(चौबिस हजार तिन सय पैतिस) र भारतीय रुपैया २,६३०।– (दुई हजार छ सय तिस) सहित बरामद गरी निजहरुलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ । 

निम्न:-

१.जिल्ला कैलाली जानकी गाउँपालिका वडा नं.१ दुर्गौली बस्ने बर्ष ४९ को चन्द्रभान बम ।

२.ऐ.ऐ.वडा नं.३ बस्ने बर्ष ४६ को जगत साउँद ।

३.ऐ.ऐ.बस्ने बर्ष ३७ को दिपक बि.क. ।

४.ऐ.ऐ.बस्ने बर्ष ३६ को शंकर नाथ ।

५.ऐ.ऐ.बस्ने बर्ष ४६ को बिरेन्द्र खनाल । 

सम्बन्धित समाचार
अबैंध लागू औषध सहित मानिस पक्राउ
२०८१-०१-१४

    कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १० जनकल्याण स्कुल नजिकबाट ३ ग्राम २६० मिलिग्राम अबैंध लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ.३ बस्ने १८ बर्षिय किशोर र जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.८ बस्ने बर्ष २१ को समिर वडायकलाई  बिहीबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । अस्थायी प्रहरी पोष्ट जुगेडा, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरी, उक्त पदार्थ सहित निजहरुलाई पक्राउ गरेको हो ।     यसैगरी, गोदावरी न.पा.-२ अत्तरियाबाट १९८.८७ ग्राम अबैंध लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ सहित जिल्ला बझाङ, छब्बिस पाथिभरा गा.पा.-७ बस्ने बर्ष ४८ को कलक धामीलाई  बिहीबार प्रहरीले पक्राउ गरेको हो । बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेती,कैलालीबाट खटिएको प्रहरी टोलीले गोदावरी न.पा.-२ अत्तरिया स्थित निजले सञ्चालन गरेको अन्नपुर्ण होटलमा खानतलासी गर्दा होटलको भान्सा कोठाबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरी, उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अबैंध भन्सार छलीका सामान बरामद
२०८१-०१-१४

    कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चौराह नजिक र एभरेष्ट बैंक नजिकबाट,ऐ.३  बिशालनगर रोडबाट,ऐ. ४ दक्षिणकाली नजिकबाट, ऐ.८ बेली बजारबाट,गोदावरी न.पा. ५ गेटा, भजनी न.पा.८ छछरुवा र काडाढीकबाट र कैलारी गा.पा.५ बड्की पलिया मोहना किनारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.७,४३,९८०।–बराबरको प्याज,चिनी,सुर्ती, मिठाई,बिडी,पान मसला,चप्पल,पेय पदार्थ,लेहेङ्गा,सुटपिस,धनियाँ, साईकल थान-३ लगायतका सामानहरु बिहीबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।    कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. भिमदत्त न.पा. ९ चुम्डानी र शुक्लाफाटा न.पा.१२ कालागौडीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२९,०५६।–बराबरको चिनी,बिडी,पेय पदार्थ लगायतका सामानहरु बिहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८१-०१-१४

    कैलाली:- जिल्ला कैलाली,  भजनी न.पा.५ लालबोझी बस्ने पिपरानी चौधरीको काठले बनेको खरले छाएको भुईतले कच्ची घरमा अचानक बिहीबार बिद्युतको तार सर्ट हुनगई आगलागी हुँदा घर भित्र रहेका नगद, टेलरीङको सामान,किरानाको सामान, लत्ता कपडा लगायतका सामानहरु गरि अन्दाजी रु. ५,००,०००।– (पाँचलाख) बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय तथा चौपाया क्षती नभएको । उक्त घरमा किराना पसल र सिलाई कटाई पसल समेत रहेको भन्ने बुझीएको । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।       बझाङ:- जिल्ला बझाङ,  बित्थडचिर गा.पा. ९ रैकोसी बस्ने रमेश बोहराको टिन, काठले बनेको मदिरा र खुद्रा पसलमा अचानक बिहीबार बिद्युतको तार सर्ट हुन गई आगलागी हुँदा पसल भित्र रहेका खुद्रा तथा मदिरा लागयतका सामानहरु गरि अन्दाजी रु. २,५०,०००।–बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय क्षती नभएको । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

फरार प्रतिवादी पक्राउ
२०८१-०१-१४

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको मिति २०७५।०२।३१ गतेको फैसलाले जुवा मुद्दामा जनहि रु २००।- जरिवाना ठहर भई फरार रहेका जिल्ला कैलाली, टिकापुर नगरपालिका १ बस्ने वर्ष ५० को बलराम चौधरी, बर्ष ४५ को भरत थापा  र वर्ष ४८ को विरभान बि.क. लाई बिहीबार ईलाका प्रहरी कार्यालय टिकापुर,कैलालीबाट खटिएको प्रहरी टोलीले निजहरुकै घर ठेगाना बाट पक्राउ गरि सम्मानित जिल्ला अदालत समक्ष पेश गरेको ।     कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८०।०५।०९ गतेको फैसलाले लागु औषध मुद्दामा ५ महिना ३ दिन कैद सजाय ठहर भई फरार रहेका जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१८ बस्ने बर्ष २३ को रमेश दमाईलाई बिहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको निजकै घर ठेगाना बाट पक्राउ गरि सम्मानित जिल्ला अदालत समक्ष पेश गरेको हो । 

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८१-०१-१३

    कञ्चनपुर:- जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.१ मोतिपुर स्थित धन सिंह साउँदको एकतले काठले बनेको कच्ची  गाई गोठमा बुधबार राती आगलागी हुँदा गोठ भित्र रहेका पराल, भुसा लगायतका सामानहरु गरि अन्दाजी रु. ६०,०००।– बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय तथा चौपाया क्षती नभएको । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।        कैलाली:- जिल्ला कैलाली, बर्दगोरिया गा.पा.२ चुहा बस्ने भवानी प्रसाद देवकोटा जैशीको दुई तले दुई कोठे काठले बनेको जस्ता पाताले छाएको कच्ची गोठमा बुधबार दिउँसो आगलागी हुँदा गोठ भित्र रहेका एउटा भैँसी जलेर मृत्यु भएको, एउटा राँगा र ४ वटा बाख्रा जलेर घाईते भएका हुन । उक्त आगलागीबाट घर र गोठ भित्र रहेका अन्नपात,लत्ताकपडा,भुषा,पराल,काठ लगायतका सामानहरु गरि अन्दाजी रु. ७,००,०००।– (सात लाख) बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानविय क्षति नभएको । उक्त आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।