अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-११-२१
- A
- A-
- A+
कैलाली:- मिति २०८१।११।२० गते १८:१५ बजेको समयमा जिल्ला कैलाली, टिकापुर न.पा.९ खक्रौला स्थित सडक खण्डमा सु.प.प्र.०१-०१२ प १८८९ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक ऐ.२ बस्ने बर्ष २५ को राहुल शाही समेत दुई जनालाई ४१० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल र निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८१।११।२० गते २०:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ३ भन्सार व्यारेल नजिकबाट ऐ.१३ बस्ने बर्ष २१ को शुसिल रानालाई ३ ग्राम १० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।