भरुवा बन्दुक र जंगली जनावरको छाला सहित मानिस पक्राउ
२०८१-११-२१
- A
- A-
- A+
बैतडी:- मिति २०८१।११।२० गते १५:२० बजेको समयमा भरुवा बन्दुक रहेको भन्ने गोप्य सुचनाको आधारमा अस्थायी प्रहरी पोष्ट तल्लादेही, बैतडीबाट खटिएको प्रहरी टोलीले जिल्ला बैतडी, दोगडाकेदार गा.पा.८ चौरथली कालागाउ बस्ने बर्ष ५१ को पाल बिष्टको घरमा खानतलासी गर्दा भरुवा बन्दुक नाल १, ऐ.मा लाग्ने गोली ७ राउण्ड, घोरलको छाला २ थान र रतुवाको छाला १ थान फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त हतियार, छाला सहित निजलाई नियन्त्रणमा लिएको, सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ।