प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८१-११-२१

  • A
  • A-
  • A+
Share

      कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत बाजुराको मिति २०७८।०८।१३ गतेको फैसलाले नकवजनि चोरी मुद्दामा २ बर्ष ११ महिना १ दिन कैद सजाय र रु.३०,०००।- जरिवाना तोकिएको जिल्ला बाजुरा, त्रिवेणी न.पा. २ छतारा सिम्ला बस्ने बर्ष २३ को तेजराज जैशीलाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।११।२० गते जानकी गा.पा. १ दुर्गौलीबाट पक्राउ गरेको ।       

      कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८१।०५।१७ गतेको फैसलाले ज्यान सम्बन्धी मुद्दामा ६ महिना कैद सजाय र रु.१५,०००।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.६ बस्ने भानु डगौरा र मानब बेचबिखन मुद्दामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८१।०४।२४ गतेको फैसलाले १० वर्ष कैद सजाय र १,००,०००।– जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.१ बस्ने किशोर रावल समेत दुवै जनालाई  जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरी टोलीले मिति २०८१।११।२० पक्राउ गरेको ।       

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।