अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-११-२२
- A
- A-
- A+
कैलाली:- मिति २०८१।११।२१ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ मिलनचोक, डि.के. पेट्रोल पम्प नजिक र गोदावरी न.पा. ०४ गोदावरीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,७६,५००।– बराबरको सुटपिस, साडी, सुर्ती, प्लाष्टिक झिल्ली, JCB का बिभिन्न पार्टपुर्जा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।११।२१ गते १९:४० बजेको समयमा जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.९ मोतियाघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,००,०००।– बराबरको चिनी, नरिवल, सुर्ती, कुरकुरे, मोटरसाईकल थान-१ लगायतका सामानहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ति, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।