अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-११-२४
- A
- A-
- A+
कैलाली:- मिति २०८१।११।२४ गते ००:०५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ४ बसपार्कबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.८८,७७०।– बराबरको कस्मेटिक सामानहरु अस्थायी प्रहरी पोष्ट बसपार्क, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।