प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-११-२४

  • A
  • A-
  • A+
Share

      कैलाली:- मिति २०८१।११।२३ गते २०:२५ बजेको समयमा बिशेष सुचनाको आधारमा जिल्ला कैलाली, गोदावरी न.पा.२ पहाड रोड स्थित जिल्ला बाँके, नेपालगन्ज उ.म.न.पा. १८ घर भई हाल जिल्ला कैलाली, गोदावरी न.पा.२ कोठा गरी बस्ने बर्ष २५ की ट्युङ्कल शाहको कोठाबाट निज ट्युङ्कल शाह, जिल्ला दार्चुला, शैल्यशिखर न.पा.२ बस्ने बर्ष २० को सागर ठगुन्ना र जिल्ला बझाङ्ग, जयपृथ्बी न.पा.७ बस्ने बर्ष ३५ की अनु मल्ल समेत तिनै जनालाई १ ग्राम ४६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको । 

    कञ्चनपुर:- मिति २०८१।११।२३ गते १६:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१ खल्ला स्थित सु.प.प्र.०१-०१३ प १४५ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा  २.०७ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित मोटरसाइकलमा सवार ऐ. पुर्नवास न.पा.१ अंशुबर्मा बस्ने बर्ष २२ को अभिषेक मोक्ताङ, जिल्ला कैलाली, धनगढी उ.म.न.पा.११ धुडसुवा बस्ने बर्ष २१ को अरुण गैराल र ऐ. ८ क्याम्पस रोड बस्ने १७ बर्षिय किशोर समेत तिनै जनालाई उक्त पदार्थ र मोटरसाईकल सहित इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ति टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको 

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।