अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-११-२६
- A
- A-
- A+
कैलाली:- मिति २०८१।११।२५ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु गोदावरी न.पा.४ चुहिने पानि नजिक र टीकापुर न.पा. ९ खक्रौला स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,१५,७५०।– बराबरको चिनी, बिडी, सुर्ती, सब्बल, बेल्चा, प्लाष्टिक झिल्ली, सिद्रा माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।११।२५ गते जिल्ला कञ्चनपुर, बेलौरी न.पा. ६ बैशाखाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५५,४००।– बराबरको बिडी, होलीको रङ, पिच्कारी, लोला, पानीपुरी, स्प्रे, प्लाष्टिक झिल्ली लगायतका सामानहरु इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।