प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागू औषध चरेश सहित तीन जना किशोर नियन्त्रणमा

२०८१-११-२६

  • A
  • A-
  • A+
Share

      कञ्चनपुर:- मिति २०८१।११।२५ गते १६:२० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.४ शान्तीपुर स्थित से ७ प ८५५१ नम्बरको स्कुटीलाई शंका लागि चेकजाँच गर्दा स्कुटीको डिग्गी भित्र कालो प्लाष्टिकले बाधेर लुकाई छिपाई राखेको अवस्थामा ४१.८१ ग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ सहित स्कुटीमा सवार सोही ठाउँ बस्ने १५ बर्षिय किशोर र ऐ. ६ भुराकोट बस्ने १६ बर्षिय २ जना किशोर समेत गरि तिनै जनालाई उक्त पदार्थ र स्कुटी सहित इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ति टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।  


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-११-२७

       कैलाली:-  मिति २०८१।११।२६ गते जिल्ला कैलाली, गोदावरी न.पा.५ बाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.९५,०००।– बराबरको १२ भोल्ट ब्याट्री थान-२ र साईकल लगायतका सामानहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी गेटा, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।       कञ्चनपुर:-  मिति २०८१।११।२६ गते जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.६ त्रिवेणीचोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,७५,५००।– बराबरको पशु आहार, मलखाद लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-११-२७

     कैलाली:- मिति २०८१।११।२६ गते १८:२० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१३ कैलालीगाउँबाट जिल्ला बाजुरा, बुढीगंगा न.पा.१० बस्ने बर्ष २२ को एकेन्द्र साउँदलाई १ ग्राम ४८० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।       यसैगरी, मिति २०८१।११।२६ गते १९:१५ बजेको समयमा बिशेष सुचनाको आधारमा जिल्ला कैलाली, गोदावरी न.पा.२ अत्तरीया बजार लोटस गल्लिबाट ऐ.७ हरैया बस्ने बर्ष ३१ को बिरु साउँदलाई २ ग्राम १७० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।  

फरार प्रतिवादी पक्राउ
२०८१-११-२७

    डडेल्धुरा:-  फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत डडेल्धुराको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८१।११।२६ गते जिल्ला प्रहरी कार्यालय डडेल्धुरा तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।१. बिना ईजाजत साल जातका रुख काटेको मुद्दामा प्रतिब्यक्ति ३ महिना कैद सजाय र रु.१,३२,८००।- जरिवाना तोकिएका जिल्ला डडेल्धुरा,          पर्शुराम न.पा.७ बस्ने बर्ष ४२ को हर्क बहादुर धामी, बर्ष ४६ को महाबिर धामी र बर्ष ६० को चक्र धामी  ।  २. बाल यौन दुर्व्यवहार मुद्दामा ५ महिना १५ दिन कैद सजाय, रू.३५,०००।- जरिवाना, रू.३५,०००।- क्षेतिपुर्ती र रू.१,४००।- पिडित राहत कोष      जरिवाना तोकिएको जिल्ला डडेल्धुरा, आलिताल गा.पा.६ फल्ले खर्क बस्ने बस्ने बर्ष २४ को बिक्रम बहादुर बिष्ट ।   कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको पैसलाले लागूऔषध मुद्दामा ३ बर्ष ११ महिना ७ दिन कैद सजाय र रु.५,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उप-महानगरपालिका २ रामजानकी बस्ने बर्ष ३५ को गोबिन्द बिष्टलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।११।२६ गते ऐ. सन्तोषी टोलबाट पक्राउ गरेको ।