अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-११-२७
- A
- A-
- A+
कैलाली:- मिति २०८१।११।२६ गते जिल्ला कैलाली, गोदावरी न.पा.५ बाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.९५,०००।– बराबरको १२ भोल्ट ब्याट्री थान-२ र साईकल लगायतका सामानहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी गेटा, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।११।२६ गते जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.६ त्रिवेणीचोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,७५,५००।– बराबरको पशु आहार, मलखाद लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।