अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-११-२७
- A
- A-
- A+
कैलाली:- मिति २०८१।११।२६ गते १८:२० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१३ कैलालीगाउँबाट जिल्ला बाजुरा, बुढीगंगा न.पा.१० बस्ने बर्ष २२ को एकेन्द्र साउँदलाई १ ग्राम ४८० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८१।११।२६ गते १९:१५ बजेको समयमा बिशेष सुचनाको आधारमा जिल्ला कैलाली, गोदावरी न.पा.२ अत्तरीया बजार लोटस गल्लिबाट ऐ.७ हरैया बस्ने बर्ष ३१ को बिरु साउँदलाई २ ग्राम १७० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।