प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

टेलर गाडीको ठक्करबाट पैदल यात्रिको मृत्यु

२०८१-११-२७

  • A
  • A-
  • A+
Share

      कञ्चनपुर:- मिति २०८१।११।२६ गते १५:४५ बजेको समयमा जिल्ला कञ्चनपुर, बजे पुनर्वास न.पा.९ “ख” गाँउ खाती चोक स्थित पुनर्वासबाट धनगढी तर्फ जाँदै गरेको सु.प.प्र.०२-००१ क ५९२ नम्बरको टेलर गाडीले जिल्ला बैतडी, शिबनाथ गाउपालीका ५ सरमाईली घर भई हाल पुनर्वास न.पा.९ “ख” गाँउ दाजुको घरमा बस्दै आएको बर्ष ४० को सुन्दर सिंह साउदलाई ठक्कर दिदा घट्नास्थलमै मृत्यु भएको, टेलर गाडी र टेलर गाडी चालक भिमदत्त न.पा.११ भुजेला बस्ने बर्ष ३८ को पिताम्बर कलौनीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको ।     

      

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।