टेलर गाडीको ठक्करबाट पैदल यात्रिको मृत्यु
२०८१-११-२७
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८१।११।२६ गते १५:४५ बजेको समयमा जिल्ला कञ्चनपुर, बजे पुनर्वास न.पा.९ “ख” गाँउ खाती चोक स्थित पुनर्वासबाट धनगढी तर्फ जाँदै गरेको सु.प.प्र.०२-००१ क ५९२ नम्बरको टेलर गाडीले जिल्ला बैतडी, शिबनाथ गाउपालीका ५ सरमाईली घर भई हाल पुनर्वास न.पा.९ “ख” गाँउ दाजुको घरमा बस्दै आएको बर्ष ४० को सुन्दर सिंह साउदलाई ठक्कर दिदा घट्नास्थलमै मृत्यु भएको, टेलर गाडी र टेलर गाडी चालक भिमदत्त न.पा.११ भुजेला बस्ने बर्ष ३८ को पिताम्बर कलौनीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको ।