प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८१-११-२७

  • A
  • A-
  • A+
Share

    डडेल्धुरा:-  फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत डडेल्धुराको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८१।११।२६ गते जिल्ला प्रहरी कार्यालय डडेल्धुरा तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।

१. बिना ईजाजत साल जातका रुख काटेको मुद्दामा प्रतिब्यक्ति ३ महिना कैद सजाय र रु.१,३२,८००।- जरिवाना तोकिएका जिल्ला डडेल्धुरा,          पर्शुराम न.पा.७ बस्ने बर्ष ४२ को हर्क बहादुर धामी, बर्ष ४६ को महाबिर धामी र बर्ष ६० को चक्र धामी  ।  

२. बाल यौन दुर्व्यवहार मुद्दामा ५ महिना १५ दिन कैद सजाय, रू.३५,०००।- जरिवाना, रू.३५,०००।- क्षेतिपुर्ती र रू.१,४००।- पिडित राहत कोष      जरिवाना तोकिएको जिल्ला डडेल्धुरा, आलिताल गा.पा.६ फल्ले खर्क बस्ने बस्ने बर्ष २४ को बिक्रम बहादुर बिष्ट ।

   कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको पैसलाले लागूऔषध मुद्दामा ३ बर्ष ११ महिना ७ दिन कैद सजाय र रु.५,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उप-महानगरपालिका २ रामजानकी बस्ने बर्ष ३५ को गोबिन्द बिष्टलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।११।२६ गते ऐ. सन्तोषी टोलबाट पक्राउ गरेको ।      

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।