अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-११-२८
- A
- A-
- A+
कैलाली:- मिति २०८१।११।२७ र २८ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु टीकापुर न.पा.९ बालुवाटार, कैलारी गा.पा.४ के गाउँ र ऐ.५ बन्दरगौडीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,४९,७००।– बराबरको जेन्स कुर्ती, लेडिज कुर्ती, गम्छा, धोती, दोपट्टा, ब्लाउज, सेतो कपडा, पानि तान्ने मोटर, अबिर, पटाका, सिद्रा माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।११।२७ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.१० भन्सार कार्यालय नजिक र लालझाडी गा.पा. ६ चान्देवबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,१२,९१०।– बराबरको बिडी, सुर्ती, पिचकारी, लोला, तरकारी, हार्डवेयर, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।