प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८१-११-२८

  • A
  • A-
  • A+
Share

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा १ महिना १५ दिन कैद सजाय तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.९ बस्ने बर्ष २४ को दिनेश बोहरालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।११।२७ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।       


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-११-२८

     कैलाली:- मिति २०८१।११।२७ र २८ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु टीकापुर न.पा.९ बालुवाटार, कैलारी गा.पा.४ के गाउँ र ऐ.५ बन्दरगौडीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,४९,७००।– बराबरको जेन्स कुर्ती, लेडिज कुर्ती, गम्छा, धोती, दोपट्टा, ब्लाउज, सेतो कपडा, पानि तान्ने मोटर, अबिर, पटाका, सिद्रा माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।        कञ्चनपुर:-  मिति २०८१।११।२७ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.१० भन्सार कार्यालय नजिक र  लालझाडी गा.पा. ६ चान्देवबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,१२,९१०।– बराबरको बिडी, सुर्ती, पिचकारी, लोला, तरकारी, हार्डवेयर, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-११-२७

       कैलाली:-  मिति २०८१।११।२६ गते जिल्ला कैलाली, गोदावरी न.पा.५ बाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.९५,०००।– बराबरको १२ भोल्ट ब्याट्री थान-२ र साईकल लगायतका सामानहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी गेटा, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।       कञ्चनपुर:-  मिति २०८१।११।२६ गते जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.६ त्रिवेणीचोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,७५,५००।– बराबरको पशु आहार, मलखाद लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-११-२७

     कैलाली:- मिति २०८१।११।२६ गते १८:२० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१३ कैलालीगाउँबाट जिल्ला बाजुरा, बुढीगंगा न.पा.१० बस्ने बर्ष २२ को एकेन्द्र साउँदलाई १ ग्राम ४८० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।       यसैगरी, मिति २०८१।११।२६ गते १९:१५ बजेको समयमा बिशेष सुचनाको आधारमा जिल्ला कैलाली, गोदावरी न.पा.२ अत्तरीया बजार लोटस गल्लिबाट ऐ.७ हरैया बस्ने बर्ष ३१ को बिरु साउँदलाई २ ग्राम १७० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।