प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित मानिस पक्राउ

२०७९-११-२२

  • A
  • A-
  • A+
Share

मिति २०७९।११।२१ गते ईलाका प्रहरी कार्यालय हसुलिया कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली कैलारी गा.पा. २ उजेली घर भई  ऐ.ऐ. ७ मा डेरा कोठा गरी बस्ने बर्ष २१ को आषिश चौधरी र जिल्ला कैलाली  घोडाघोडी न.पा. ४ बस्ने बर्ष २७ को करन रावललाई शंका लागी  चेकजाँच गर्दा  निजहरुको साथबाट १८ ग्राम ६८० मिलिग्राम लागू औषध खैरोहेरोईन सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरि रहेको छ ।

सम्बन्धित समाचार
फरार प्रतिवादी पक्राउ
२०८१-०१-२६

   कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित अदालतको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई मिति २०८१।०१।२५ गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।     निम्न:-१. बैंकिङ कसुर मुद्दामा सम्मानित उच्च अदालत पाटन, ललितपुरको  फैसलाले १५ दिन कैद सजाय, रु.४४,००,०००।- (चौंवालिस लाख ) जरिवाना र रु.१,७६,०००।- (एक लाख छहत्तर हजार) क्षतिपुर्ति ठहर भएका टिकापुर न.पा.५ बस्ने वर्ष ३४ को अनुज हमाल, २. लागू औषध चरेश गाँजा मुद्दामा १ बर्ष १ महिना २५ दिन कैद सजाय र १०,०००।– जरिवाना ठहर भएका गोदावरी न.पा.१ बस्ने बर्ष ५५ को गोम बहादुर बुढा मतवाला ।३. बन मुद्दामा रु.१४,८००।– जरीवाना ठहर भएका धनगढी उ.म.न.पा.७ बस्ने बर्ष ५५ को सोनोराम चौधरी ।४. बन मुद्दामा रु.१४,८००।– जरीवाना ठहर भएका धनगढी उ.म.न.पा.७ बस्ने बर्ष ५० को लाल सिंह राना ।५. चोरी मुद्दामा १३ दिन कैद सजाय र रु.१२,०००।– जरीवाना ठहर भएका धनगढी उ.म.न.पा.१४ बस्ने बर्ष २५ को शंकर बहादुर परियार ।    कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको फैसलाले बन मुद्दामा ६ महिना कैद सजाय र रु.५,९००।-जरिवाना ठहर भई फरार रहेका पुनर्वास न.पा.१ बस्ने बर्ष ५३ को बाशुदेब रानालाई मिति २०८१।०१।२५ गते इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले निजकै घर ठेगानाबाट पक्राउ गरेको । 

अबैध भन्सार छलिका सामान बरामद
२०८१-०१-२६

   कैलाली:- मिति २०८१।०१।२५ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ पक्कीकुवा र ऐ. ४ सौराई पार्टी प्यालेस नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४,००,७००।– बराबरको प्याज, चिनी, कुर्ती,धोती,गम्छा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको  ।   कञ्चनपुर:- मिति २०८१।०१।२५ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.२ भाँसि, बेलौरी न.पा.१० थापाचोक, दोधारा चाँदनी न.पा.७ कञ्चभोज र लालझाडी गा.पा.६ चानदेउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३०,२८८।– बराबरको चिनी, सुर्ती,अण्डा, दाल, पेय पदार्थ, बोईलर कुखुरा र माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको  ।