प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान बरामद

२०८१-०१-२६

  • A
  • A-
  • A+
Share

   कैलाली:- मिति २०८१।०१।२५ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ पक्कीकुवा र ऐ. ४ सौराई पार्टी प्यालेस नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४,००,७००।– बराबरको प्याज, चिनी, कुर्ती,धोती,गम्छा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको  ।

   कञ्चनपुर:- मिति २०८१।०१।२५ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.२ भाँसि, बेलौरी न.पा.१० थापाचोक, दोधारा चाँदनी न.पा.७ कञ्चभोज र लालझाडी गा.पा.६ चानदेउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३०,२८८।– बराबरको चिनी, सुर्ती,अण्डा, दाल, पेय पदार्थ, बोईलर कुखुरा र माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको  ।

सम्बन्धित समाचार
सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
२०८१-०२-०६

    कैलाली:- गोदावरी नगरपालिका-१ अत्तरिया चोकमा आइतबार बिहान भएको सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ । विराटनगरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना.८ ख ४३०१ नम्बरको ट्रकमा से.७ प १८९६ नम्बरको मोटरसाइकल ठक्कर खाँदा भएको दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक कञ्चनपुर कृष्णपुर नगरपालिका-३ बस्ने ३२ वर्षीय शिवराज रानाको पदमा अस्पताल हुँदै सेती प्रादेशिक अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८१-०२-०५

    कैलाली:- मिति २०८१।०२।०४ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चौराह नजिक, ऐ.९ त्रिवेणीघाट र टीकापुर न.पा. ८ बटनपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६०,७७०।– बराबरको प्याज, चिनी, पानि तान्ने मोटर, मिठाई, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।    कञ्चनपुर:- मिति २०८१।०२।०४ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.१ भासि, ऐ.१० बिद्युत कार्यालय नजिक, पुनर्वास न.पा.११ डोकेबजार, गुम्बा र बेलडाँडी गा.पा. ३ बलराम टोलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३,४०,२३०।– बराबरको प्याज, चिनी, मिश्री, सुर्ती, बिडी, मसला, चप्पल, अचार, चामल, नरिवल, फिल्टर, कट्टु, भेष्ट माला, सुटपिस, खुर्सानी, तिल, तावा, प्लाष्टिक झिल्ली, गाडीको क्लोज पिलेट, सिघ्रा मिक्सर मोटर, इलेक्ट्रीक मधानि मेसिन, बोईलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।यसैगरी, मिति २०८१।०२।०५ गते ०४:०० बजेको समयमा जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.८ मोतियाघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.८,६३,९००।– बराबरको अबैध बोईलर कुखुराको चल्ला ५८ कार्टुन, बिनाको नम्बर पिलेटको ट्याक्टर थान-१ सहित सोही ठाउँ बस्ने बस्ने बर्ष ३५ को रमेश राना (चालक), बर्ष २९ को प्रमोद राना र बर्ष १८ को बसन्त राना गरि ३ जनालाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ति, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।   बैतडी:- मिति २०८१।०२।०४ गते १७:१५ बजेको समयमा जिल्ला बैतडी, दशरथचन्द न.पा.५ कलवाड मोड स्थित गोठालापानी झुलाघाट सडक किनाराबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१३,७९०।–  बराबरको चिनी, मिश्री, मिठाई, आटा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।