अबैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०५-१०
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली गोदावरी न.पा. वडा नं ३ चौकीडाँडा स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८७० मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष ३० को विश्वेश्वर प्रसाद भट्टराईलाई इलाका प्रहरी कार्यालय अत्तरिया,कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलबार बेलुका शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।
यसैगरी, जिल्ला कैलाली गोदावरी न.पा. वडा नं १२ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १५० मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष २८ को टेक बहादुर धामीलाई इलाका प्रहरी कार्यालय अत्तरिया,कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलबार बेलुका शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर कृष्णपुर न.पा. वडा नं ५ चिनिमिल जंगल किनार भित्री सडक खण्डबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ३९० मिलिग्राम सहित जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.वडा नं ६ बसन्तपुर टोल बस्ने वर्ष २७ को मोहन देव जोशीलाई इलाका प्रहरी कार्यालय गुलरिया,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।