प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट

२०८१-१२-०२

  • A
  • A-
  • A+
Share

     कञ्चनपुर:-  मिति २०८१।१२।०१ गते १२:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. १० तुम्डानी बस्ने कृष्ण भट्टको काठ र खरले छाएको एक तले कच्ची घर भित्र खाना बनाउने क्रममा ग्यास सिलिण्डर लिक हुन गई आगलागी हुँदा घर र घरभित्र रहेका खद्यान्न, लत्ताकपडा, भँडाकुँडा लगायतका सामानहरु गरी अन्दाजी मुल्य रु. १,००,०००।– (एक लाख) बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय तथा चौपाया क्षती नभएको, स्थानिय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको ।   


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०१-२५

      कैलाली:-  मिति २०८२।०१।२४ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ मिलनचोक, ऐ.४ ओमशान्ती टोल, ऐ.७ मनेहरा र टिकापुर न.पा.६ भर्तापुर स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६,८५,९१०।– बराबरको चिनी, सुर्ती, मिठाई, बिभिन्न किसिमका भाडा बर्तन, सुटपिस, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।                   कञ्चनपुर:- मिति २०८२।०१।२४ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरू भिमदत्त.न.पा.५ सुकासाल, ऐ.११ गड्डाचौकी, बेलौरी न.पा.२ टेडुवा र पुनर्वास न.पा.६ टाउनबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मुल्य रु.७,५३,६२५।– बराबरको तोरी, गहुँ, बोईलर कुखुरा, बिजुली, ईलेक्ट्रोनिक, हाडबेयर, मोटरसाइकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरूबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।