प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-१२-०३

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८१।१२।०२ गते १६:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ३ त्रिनगर ब्यारेल स्थित भारतबाट नेपाल तर्फ आउँदै गरेको सु.प.प्र. ०१-०१२ प ५४७५ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक ऐ.६ बस्ने बर्ष २८ को आदित्य रानालाई २ ग्राम ८६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल र निजलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।       

     यसैगरी, मिति २०८१।१२।०२ गते १८:०० बजेको समयमा लागू औषध खैरो हेरोईनको कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला कैलाली, घोडाघोडी न.पा. ७ हरिनगर स्थित बर्ष २५ को लक्ष्मण चौधरीको घर कोठा खानतलासि गर्दा  १५ ग्राम ६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी घर धनी लक्ष्मण चौधरी, सोही ठाउँ बस्ने २५ को राम चौधरी, बर्ष २७ को दुर्गेश चौधरी र जिल्ला रुपन्देही, बुटवल उप-महानगरपालिका ३ बस्ने बर्ष ३५ को रमेश कार्की समेत चारै जनालाई उक्त पदार्थ सहित इलाका प्रहरी कार्यालय सुखड र अस्थायी प्रहरी पोष्ट हरिनगर, कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको । 

    कञ्चनपुर:- मिति २०८१।१२।०२ गते १६:०० बजेको समयमा गोप्य सुचनाको आधारमा जिल्ला कञ्नचपुर, दोधारा चाँदनी न.पा.१ पशुपति टोल शिव मन्दिर नजिकबाट ३.६७० ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित बेदकोट न.पा.७ बस्ने बर्ष २१ को प्रभाष शाहीलाई नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर, इलाका प्रहरी कार्यालय दोधरा चाँदनी र अस्थायी प्रहरी पोष्ट झोलुङ्गे, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको । 

      

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।