स्कारपियो अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु
२०८१-१२-०३
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१२।०२ गते २०:४५ बजेको समयमा जिल्ला कैलाली, गोदावरी न.पा.३ मालाखेती चोक स्थित पुर्ब पश्चिम राजमार्गमा अत्तरिया देखी महेन्द्रनगर तर्फ जादै गरेको बा १७ च ९६४५ नम्बरको स्कारपियो आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर दक्षिण तर्फ रहेको पक्की घरको भित्तामा ठोकिन जाँदा चालक जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.४ बस्ने बर्ष ३६ को सुदिप राना घाईते भई उपचारको लागि पद्मा अस्पताल अत्तरिया हुँदै सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा ऐ. २१:२० मृत्यु भएको ।