अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-१२-०४
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१२।०३ गते जिल्ला कैलाली, धनगढी उ.म.न.पा ७ बेलीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२६,३००।– बराबरको बिडी, सुर्ती, पानिपुरी लगायतका सामानहरु प्रहरी चौकी कनरी, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।१२।०३ गते जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.११ भुजेलाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,०७,६५०।– बराबरको जुत्ता, कपडा, कस्मेटिक, हाडवेयर, किराना लगायतका सामानहरु इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।