अबैध लागू औषध चरेश सहित मानिस नियन्त्रणमा
२०८१-१२-०४
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१२।०३ गते २०:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १३ धनगढी एयरपोर्ट स्थित वुद्ध एयरको उडानद्वारा धनगढीबाट काठमाण्डौ जाने यात्रु जिल्ला कञ्चनपुर, वेदकोट न.पा.८ बस्ने बर्ष २१ को भवन नाथलाई विमानस्थलमा चेकजाँच गर्दा ६ ग्राम ७०० मिलिग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित बिमानस्थल सुरक्षा गार्ड गेटा, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।