मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
२०८१-१२-०४
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१२।०३ गते २३:४५ बजेको समयमा जिल्ला कैलाली, गोदावरी न.पा.५ गेटा मेडिकल कलेज नजिक अत्तरीया धनगढी सडक खण्डमा धनगढीबाट अत्तरीया तर्फ जादै गरेको सु.प.प्र.०१-००९ प १२५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलमा ठोक्किदा चालक ऐ. बर्दगोरीया गा.पा. ४ बस्ने बर्ष ३२ को राजेन्द्र सुबेदि घाईते भई उपचारको सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा ऐ.२४:१० मृत्यु भएको, मोटरसाइकल पछाडी सवार जिल्ला बाजुरा, बुढिनन्दा गा.पा. ४ बस्ने बर्ष २४ को जनक रोकायाको समान्य उपचार पश्चात डिस्चार्ज भईसकेको, थप अनुसन्धान भईरहेको ।