फरार प्रतिवादी पक्राउ
२०८१-१२-०४
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा १० दिन कैद सजाय तोकिएको धनगढी उ.म.न.पा.८ बस्ने बर्ष २८ को रोहित कुमार राना र चोरी मुद्दामा १ महिना १२ दिन कैद सजाय र रु रु.२,०००।- जरिवानामा तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१५ उर्मी बस्ने वर्ष २३ को राममोहन रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।१२।०३ गते निजहरुकै घर ठेगानाबाट पक्राउ गरेको ।