अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-१२-०५
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१२।०४ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु गोदावरी न.पा.४ बनदेबि मन्दिर नजिक, टीकापुर न.पा.७ नारायणपुर र भजनी न.पा.३ काँडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३,९६,८७०।– बराबरको प्याज, चिनी, बिडी, सुर्ती, महिला/परुषको कपडा, चियापत्ती, पेय पदार्थ, खुर्सानी, तरकारी, मोटरसाइकलको ब्यारिङ, भारतिय नम्बरको मोटरसाइकल लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।