अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-१२-०५
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८१।१२।०४ गते २१:२० बजेको समयमा लागूऔषध खैरो हेरोइनको कारोवार भइरहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला कञ्नचपुर, भिमदत्त न.पा.३ भासी जनज्योती टोल स्थित बर्ष २७ की निलम अवस्थीको घरमा खानतलासी गर्दा ०.४९ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी निजको साथमा रहेको ऐ. १५ बस्ने बर्ष २८ को अरुण चन्द सहित दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।