अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-१२-०६
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१२।०५ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.९ त्रिवेणीघाट भजनी न.पा.६ थापापुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,०७,५००।– बराबरको बिडी, सुर्ती, सिद्रा माछा, बोईलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।१२।०५ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.४, ऐ.११ साइबन र शुक्लाफाँटा न.पा.११ कलुवापुर बेलौरी सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४,६३,०००।– बराबरको थान कपडा, पेन्टका डिब्बाहरु, चक्लेट, प्लाष्टिक डोरी, प्लाष्टिक झिल्ली, भारतिय नम्बर पिलेटको मोटरसाइकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।