अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-१२-०६
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१२।०५ गते १५:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ त्रिनगर ब्यारेल नजिकबाट ऐ.४ उत्तरवेहडी बस्ने बर्ष २२ को करन रतौकीलाई ३२ पिस लागूऔषध ट्याब्लेट ट्यापेन्डाडोल सहित वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
दार्चुला:- मिति २०८१।१२।०५ गते १९:१५ बजेको समयमा गोप्य सुचनाको आधारमा जिल्ला दार्चुला, महाकाली न.पा.१ छापरी स्थित सोही ठाउँ बस्ने बर्ष ४६ की जानकी कार्कीले संञ्चालन गरेको किराना पसलमा खानतलासी गर्दा पैसा राख्ने गल्ला भित्र १३६ ग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ फेला पारि आवश्यक प्रक्रिया पुरा गरी उक्त पदार्थ सहित निजलाई सामुदायिक प्रहरी सेवा केन्द्र बाङ्गाबगर, दार्चुलाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।