प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-१२-०८

  • A
  • A-
  • A+
Share

       कैलाली:- मिति २०८१।१२।०७ गते १६:३० बजेको समयमा जिल्ला कैलाली, गोदावरी न.पा.१ बुद्धनगरबाट ऐ. लम्कीचुहा न.पा.९ घर भई हाल ऐ. धनगढी उ.म.न.पा.१ पुष्पलाल चोक बस्ने बर्ष १९ की रेनुका चौधरी र १८ बर्षिय किशोरीलाई १ ग्राम ३० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।  

      यसैगरी, मिति २०८१।१२।०७ गते १९:०० बजेको समयमा जिल्ला कैलाली धनगढी उ.म.न.पा.३ फिस रिसोर्ट नजिक सडक खण्डमा सु.प.प्र.०१-०२ प ०१४० नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालकले हेल्मेट भित्र लुकाइ छिपाइ राखेको अबस्थामा चालक ऐ. बोराडाँडी बस्ने बर्ष २४ को श्यामलाल राना र मोटरसाइकल पछाडी सवार ऐ. गोदावरी न.पा. ६ बस्ने बर्ष २१ को रवी चौधरी समेत दुई जनालाई १५० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल र निजहरु दुवै जनालाई वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।   

   

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।