अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-१२-०९
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१२।०८ गते कैलाली जिल्लाको
बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ त्रीवेणीघाट, भजनी न.पा. ६ नबलपुर, भजनी न.पा. ७
हिम्मतपुर र कैलारी गा.पा. ७ पुरानो गाँउ तिर्धीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य
रु.१,७१,६९०।– बराबरको साडी, सुटपिस, कपडा सिलाई गर्ने मेसीन,
काटा, बिडी, सुर्ति, सिद्रा माछा, प्लाष्टिक डोरी, oswal
gold, Apollo ultra, क्राप चैम्पियन लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत
कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी
नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति
२०८१।१२।०८ गते जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.११ भुजेला र बेलौरी
न.पा. ४ शान्तिपुर नजिकबाट अबैंध
रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,०४,२५०।– बराबरको प्याज, सुर्ती, ड्यू, जुत्ता, कपडा, हार्डवेयर, कस्मेटिक, किराना, बिउबिजन, खेलौना लगायतका
सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी
गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।