अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-१२-१०
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१२।०९ गते १८:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ सिसा पोष्ट नजिकबाट ऐ. गोदावरी न.पा. ६ बस्ने बर्ष २४ को मिथुन सोवले चलाएको सु.प.प्र.०१-०११ प ६३४४ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा ८४० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाइकल र मोटरसाइकल पछाडी सवार ऐ.५ बस्ने बर्ष २५ को रबिन चन्द समेत दुवै जनालाई वडा प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगर, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८१।१२।०९ गते २०:२० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ ट्राफिक चौराहबाट ऐ.५ हसनपुर बस्ने बर्ष २६ को बिराट रावल र ऐ.१३ मोहनपुर बस्ने बर्ष २८ को रबिन्द्र बुढालाई २७० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।