प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-१२-१०

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८१।१२।०९ गते १८:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ सिसा पोष्ट नजिकबाट ऐ. गोदावरी न.पा. ६ बस्ने बर्ष २४ को मिथुन सोवले चलाएको सु.प.प्र.०१-०११ प ६३४४ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा ८४० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाइकल र मोटरसाइकल पछाडी सवार ऐ.५ बस्ने बर्ष २५ को रबिन चन्द समेत दुवै जनालाई वडा प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगर, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।  

      यसैगरी,  मिति २०८१।१२।०९ गते २०:२० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ ट्राफिक चौराहबाट ऐ.५ हसनपुर बस्ने बर्ष २६ को बिराट रावल र ऐ.१३ मोहनपुर बस्ने बर्ष २८ को रबिन्द्र बुढालाई २७० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।  

    

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।